स्मार्ट ट्राफिक लाइट ३६५ दिन नै चल्छ : मेयर मर्हजन
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनले ललितपुर महानगरपालिकाको स्मार्ट ट्राफिक लाइट कहिल्यै पनि बन्द नहुने बताउनुभएकाे छ ।
आइतबार साप्ताहिक ट्राफिक सचेतना सुभारम्भ कार्यक्रममा बोल्दै मेयर महर्जनले महानगरले जडान गरेका स्मार्ट ट्राफिक लाइटहरु ३६५ दिन नै अनवरत रुपमा चल्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'ट्राफिक सचेतना कार्यक्रम र हालसालै हामीले स्मार्ट ट्राफिक लाइटको स्थापना गर्यौं र सञ्चालनमा ल्यायौं, सञ्चालनमा ल्याउनै गार्हो तर प्राविधिक रुपमा यसलाई उद्घाटन गरिसकेपछि यसलाई कार्यान्वयन गर्न पनि केही समस्याहरु आए, तर अब स्मार्ट ट्राफिक लाइट ३६५ दिन नै अनवरत र श्रृखलाबद्ध रुपले चल्ने भएको छ, बन्द हुँदैन र निभ्दैन् ।'
सुरुसुरुमा स्मार्ट ट्राफिक लाइटले काम गर्छ या गर्दैन भन्ने ठूलै शंका समेत लागेको मेयर महर्जनले बताउनुभयाे । उहाँले स्मार्ट ट्राफिक लाइटको नियमलाई बस सञ्चालकहरुले नियम मान्छन् की मान्दैनन् भन्ने सबैभन्दा ठूलो डर पैदा भएको समेत बताउनुभयाे ।


प्रतिकृया दिनुहोस