• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भिस्तारा एयरमा बम नभएको पुष्टि

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरवेजको विमानमा बम नभएको पुष्टि भएको छ ।

विमानमा कुनै शंकास्पद वस्तु फेला नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभएकाे पुष्टि भएकाे हाे । 

मंगलबार अपराह्न दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरवेजको उडान नम्बर १५५ जहाज उडेको एक घण्टापछि ह्वाट्सएपमा भारतीय नम्बरबाट बम रहेको भ्रामक सूचना पठाइएको थियो । भिस्तारा एयरवेजका ग्राउन्डमा कार्यरत कर्मचारीलाई त्यस्ताे सूचना आएपछि यसबारे नेपाली सेना, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, नागरिक उड्डयन प्राधिकरण लगायतलाई जानकारी दिइएको थियो ।

विमानमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले अपरान्ह साढे ४ बजेदेखि साँझ ७ बजेसम्म विमानको जाँच गरेको थियो । विमानको बाहिरी, भित्री र यात्रु तथा सबै सामान जाँच गर्दा बम नभएकाे पुष्टि भएपछि उडान नियमित भएकाे प्राधिकरणले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस