• १२ श्रावण २०८३, मंगलबार
  • Tuesday,28 July,2026

अनेरास्ववियुद्धारा राष्ट्रपति र प्रधानमन्त्रीकाे बुख्याँचामा जुत्ता प्रहार (तस्वीरहरु)

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आज शुक्रबार रत्नपार्कमा प्रदर्शन गरेकाे छ । 

भिडियाे: 

बिहिबार अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै तीन दिने दैनिक प्रदर्शनकाे कार्यक्रम घाेषणा गर्नुभएकाे थियाे । साेहि अनुरुप आज राष्ट्रपति र प्रधानमन्त्रीकाे बुख्याँचामा जुत्ता प्रहार गरेकाे हाे ।

प्रदर्शनका क्रममा रत्नपार्कमा केहिबेर अनेरास्ववियुका नेता कार्यकर्ता र सुरक्षाकर्मीबीच घम्साघम्सी परेकाे थियाे । अनेरास्ववियुका नेता तथा कार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्रीकाे फाेटाे जलाएर विराेध गर्न थालेपछि आन्दाेलनमा प्रहरीले हस्तक्षेप गर्न खाेजेकाे थियाे ।

साे क्रममा अनेरास्ववियुका नेता तथा कार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्रीकाे  फाेटाे समेत जलाएका थिए । 

प्रदर्शन पछि भएकाे काेणसभालाई सम्बाेधन गर्दै अध्यक्ष बडालले संविधान विपरित राष्ट्रपति रामचन्द्र पाैडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकाे र प्रधानमन्त्री प्रचण्ड नागरिकता विधेयक भारतकाे पाउमा राख्न भारत जानुभएकाे बताउनुभयाे । उहाँले प्रचण्ड आफ्नाे पाप पखाल्न भरतका शक्त्रिपिठ पुग्नुभएकाे थियाे । पाप  पखाल्न प्रधानमन्त्रीकाे कुर्सी छाेड्न र राष्ट्रप्रेमी नेतालाई दिन बडालले आग्रह गर्नुभएकाे छ । 'कतै पाप पखाल्न सकिन्छ कि भनेर प्रचण्ड भारतका शक्तिपिठहरु धाउँदैछन् रे ! हामी भन्न चाहान्छाैं कुनै शक्तिपिठ धाएर तिम्रा पाप पखालिने खालका छैनन्' बडालले भन्नुभयाे ।

'नागरिकता विधेयकमा भएकाे एउटा हातमा सिन्दूर र अर्काे हातमा नागरिकता खारेज हुनुपर्ने उहाँले बताउनुभयाे । 'यस्ताे बुँदा खारेज नगरेसम्म अनेरास्ववियुले सडक छाड्ने छैन' बडालले भन्नुभयाे- 'विद्यार्थीले स्कुलमा दिवा खाजा १५ रुपैयाँकाे मात्र खानुपर्ने स्थिति छ, तर, हाम्रा जनप्रतिनिधिहरु सांसद् विकास काेषबाट भुँडी भर्न चाहान्छन्, बरु त्याे काेष दिवा खाजामा लगाउन अपिल गर्न चाहान्छाैं ।'

 

प्रतिकृया दिनुहोस