• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

प्रभु बैंककाे तीन एक्स्टेन्सन काउण्टर सञ्चालनमा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रौतहट । प्रभु बैंकले सेवा विस्तारमा रौतहटको मौलापुर र गरुडा मालपोत कार्यालय तथा नवलपुरको कावासोती मालपोत कार्यालयमा  तीन वटा एक्स्टेन्सन काउण्टर  सञ्चालनमा ल्याएको छ । 

मौलापुर र गरुडा मालपोत कार्यालय  भदौ १६ गते सुरु गरेकोे हो । बैंकले एक सय ९३ वटा शाखा कार्यालय, एक सय ५२ एटियम र २९  एक्स्टेन्सन काउण्टरबाट  अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

उक्त कार्यालयवाट रौतहट तथा नवलपुर मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले लाभ लिन सक्नेछन् । तीनै वटा एक्स्टेन्सन कार्यालयबाट सेवाग्राहीहरु सेवा उपभोग गरी लाभान्वित हुने तथा दुवै मालपोत कार्यालयको राजश्व संकलन प्रक्रियामा सहजता हुने बैंकले विश्वास लिएको छ । 
 

प्रतिकृया दिनुहोस