सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा हसना नियुक्त
काठमाडौं । सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त भएकि छिन् ।
सिद्धार्थ बैंक लिमिटेडको २०७६ भदौ १२ गते बसेको सञ्चालक समिति बैठकले हसना शर्मालार्ई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गरेको हो ।
उनीसँग यो क्षेत्रमा काम गरेकोलामो अनुभव भएको सञ्चालक समितीले बताएको छ । कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहको साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष तथा संचालकको रुपमा उनले काम गरिसकेकि छिन् ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्य बैंकको रहेको छ । बैंकले देशभर एक सय ६३ वटा शाखा (चार एक्स्टेन्सन् काउन्टर सहित) एक सय एक शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन गरिरहेको समितीका एक कर्मचारीले सनराइज खबरलाई बताए ।
बैंकले एक सय ८० एटीएम १५ सय भन्दा बढी ‘पोस’ मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको सञ्चालक समितिले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस