महालक्ष्मी विकास बैंक र नेपाल क्यान्सर अस्पताल बिच सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरबीच सम्झौता भएको छ ।
महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर प्रा.लि.सँग मिति २०७६ भदौ १० गते सम्झौता गरेको हो ।
एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा.सुदीप श्रेष्ठले हस्ताक्षर गरेको अस्पतालका कार्यकारी अध्यक्ष डा.सुदीप श्रेष्ठले सनराइज खबरलाई जानकारी दिए ।
सम्झौतापत्र अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक, सेयर धनीहरुले नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउन सकिने अस्पतालले बताएको छ ।
साथै बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी ,कर्मचारीका परिवारले ‘रेडियोलोजी’, ‘ल्यावरेटरी’ र बेड चार्जमा दश प्रतिशत रेडियसन थेरापी र बीचथेरापीमा पाँच प्रतिशत तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा १० प्रतिशत आकर्षक छुट दिइने बताइएको छ ।
देशका ९९ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।


प्रतिकृया दिनुहोस