जापानमा ‘वर्किङ भिसा’
काठमाडौं–
लामो समयदेखि छलफलको प्रकृयामा रहेको नेपाल र जापानबीचको श्रम सम्झौताले टुङ्गो पाएको छ । सोमबार आयोजित एक कार्यक्रममा दुई देशबीच सो सम्झौता भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच समझदारीपत्रमा हस्ताक्षर भएसँगै अब सरकारी संयन्त्रबाटै नेपाली कामदार जापान लैजाने प्रकृया सुरु हुनेछ ।
पाँच वर्षको अन्तरालमा नेपालसहित अन्य नौ वटा मुलुकबाट करिव तीन लाख ४५ हजार विदेशी कामदार लैजाने जापानले तयारी गरेको छ । जसमा रोजगारीको लागि जान चाहनेले ‘एन फोर’ तहको भाषा परिक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।
जापानले विशेषगरि नर्सिङ, सुरक्षा गार्ड, होटल व्यवसाय, मत्स्य, कृषि, खाद्य लगायतको १४ वटा क्षेत्रमा कामदार लैजान लागेको हो । जसका लागि एक वर्षमा ६ पटकसम्म भाषा परिक्षा सञ्चालन गरिने भनिएको छ ।


प्रतिकृया दिनुहोस