• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सामाजिक सुरक्षालाई एकिकृत गर्दै सरकार

रासस

रासस

काठमाडौं, ४ चैत – 
अर्थमन्त्री डा युवराज खतिवडाले नागरिक लगानी कोषको २९ औं वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक सुरक्षा कार्यक्रमलाई एकिकृत रुपमा एउटै छानामुनि राख्ने बताएका छन् । 
‘विश्वका अन्य मुलुकमा भएजस्तै सामाजिक सुरक्षासँग सम्बन्धित परिचयपत्रदेखि सामाजिक सुरक्षा भत्ता बाँड्नेसम्मको सबै कामलाई एकिकृतरुपमा सञ्चालन गरिने छ’, उनले भने । 
यसका साथै मन्त्री खतिवडाले सामाजिक सुरक्षामा काम गर्ने संस्थालाई पाँच वर्षभित्रमा संस्थागत पुनःसंरचना समेत गरिने जानकारी दिए । नागरिक लगानी कोष र सरकार सँगसँगै अघि बढेमात्र सामाजिक सुरक्षा कार्यक्रमले मुर्त रुप लिने उनको भनाई थियो । 
कोषपट्टि संकेत गर्दै अर्थमन्त्रीले पूँजी बजारमा सक्रिय भूमिका निर्वाह गर्ने संस्थाले मुद्राबजारमा धेरै खेल्न नहुने आग्रह समेत गरेका थिए । यसका अलावा स्वपूँजी बजार र धितोपत्रबाट पूँजी उठाउन चाहनेलाई कोषले सहयोग गर्नुपर्ने उनको भनाई रहेको थियो । 
कार्यक्रममा बोल्दै कोषका कार्यकारी निर्देशक रमण नेपालले असङ्गठित क्षेत्रका स्वतन्त्र मजदुर, किसान तथा स्वरोजगारमा रहेका उद्यमी तथा व्यवसायीलाई लगानी कोषका विविध कार्यक्रममा आवद्ध गराउन अध्ययन भइरहेको बताए । कोषको हाल ११ कार्यक्रमबाट चार हजार आठ सय भन्दा बढि कार्यलयका छ लाख ३१ हजार नौ सय १९ सेवाग्राही लाभान्वित छन् ।  

प्रतिकृया दिनुहोस