ठूलाे परिमाणमा चरेस वरामद
काठमाडाैं । सार्वजनिक यातायातमा प्रयाेग भएका बसका कर्मचारीहरुकाे मिलेमताेमा चरेस ओसारपसार हुने गरेकाे खुलेकाे छ । प्रहरीले एक सार्वजनिक बसबाट ठूलाे परिमाणमा च रेस वरामद गरेकाे हाे । धादिङको गजुरीबाट एक सय पाँच किलो चरेस वरामद गरिएकाे हाे ।
काठमाडाैंबाट वीरगञ्जतर्फ गइरहेकाे ना५ख २८१२ नम्बरकाे यात्रुवाहक वसबाट साे चरेस वरामद गरिएकाे प्रहरीले जनाएकाे छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलका अनुसार चरेस लैजाने तीनजनालाई पक्राउ गरिएकाे छ ।
पक्राउ पर्नेमा बस चालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालिका–७ का ३५ वर्षीय अनिल चौधरी र विन्दबासिनी गाउँपालिका–३ का श्रीराम साह कानु छन् ।
उनीहरुले चरेस ओसारपसार गर्नकै लागि बसमा यात्रु राखेका थिएनन् । यात्रुविहिन बस देखेपछि प्रहरीले शंका लागि खानतलासी गरेकाे थियाे ।
साे चरेस धादिङको पोखरेखोलाबाट बसमा हालेर ल्याइएको थियो ।
केही समय अघि पर्सा प्रहरीले यसरी नै ट्रकमा राखेर ओसारपसार गरिएकाे चरेस वरामद गरेकाे थियाे । धादिङ्ग, मकवानपुर लगायतका जिल्लामा उत्पादन भएकाे गाँजा चरेस वीरगञ्ज पुग्ने गरेकाे बताइएकाे छ ।


प्रतिकृया दिनुहोस