• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

बौद्धस्थित गैरआवासीय नेपालीको घरमा लुटपाट

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । काठमाडौंको बौद्धस्थित तिनचुलीमा गैरआवासीय नेपाली तेन्जिङ किमिजुको घरमा लुटपाट भएको छ । 

अविरल वर्षा भइरहेको मौका छोपेर शुक्रबार बिहान २ बजेतिर आएका लुटेराहरूले मूल्यवान ‘सी माला’ सहित बहुमूल्य सामान लुटेर लगेको उनले प्रहरीलाई जानकारी गराएका छन् । 

‘लुटपाट भएको खबर आएपछि हामीले टोली पठाएका छौं’, महानगरीय अपराध महाशाखा प्रमुख (एसएसपी) सहकुल थापाले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’

समाचार स्रोतका अनुसार तेन्जिङले आफ्ना ड्राइभरमार्फत तीन दिनअघि ‘सी माला’ किनबेचबारे डिल गर्न लगाएका थिए ।

तिब्बती मूलका नेपाली तेन्जिङको घरबाट लुटेराहरूले २ लाख नगद लुटेका छन् । 

लामो समयदेखि जापान बस्दै आएका तेन्जिङले जापानी महिलासँग विवाह गरेका थिए । उनी केही समयदेखि मात्र नेपाल बस्न थालेको बताइएको छ ।

प्रतिकृया दिनुहोस