भक्तपुरमा ६० वर्षीय सावित्रीको दिउँसै हत्या
काठमाडौं । भक्तपुरको खरीपाटी स्थित बाँसबारीमा एक महिलाको आज दिउँसै हत्या भएको छ ।
हत्या गरिएकी महिलाको नाम सावित्री भट्टराई भएको प्रहरीले जनाएको छ । ६० वर्षीय भट्टराईलाई घाटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो । प्रहरीका अनुसार उनी सोही ठाउँमा सोनाम थापाको घरमाा डेरा लिएर बस्थिन् ।
उनको घर सिन्धुपाल्चोकको बाँडेगाउँ भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी रेवतीरमण पोखरेलका अनुसार घरमा कोही नभएको बेला उनको हत्या गरेर हत्याराहरु फरार भएका छन् । आर वन फाइभ मोटरसाइकलमा दुईजना व्यक्ति उनको डेरामा आएको र त्यसपछि हत्या भएको स्थानीयवासीले बताएका छन् ।
घटनास्थल चाँगुनारायण नगरपालिका- ७ विधुत तालिम केन्द् नजिक रहेकाे बताइएकाे छ । साे ठाउँ पुगेर प्रहरी पुगेर अनुसन्धान थालेको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस