भरतमाेहनकाे स्वास्थ्य : चिकित्सक निरास
काठमाडौँ । चिकित्सकहरुले विरलै गर्ने एउटा दुखद टिप्पणी डा. भाष्करराज पन्तले गरेका छन् । पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यबारे डा. पन्तले 'बचाउन सक्ने सम्भावना कम देखिएको' भनेका छन् ।
चिकित्सकले यस्ताे निरासाजनक टिप्पणी विरलै गर्छन् । डा. पन्तलाई राष्ट्रिय समाचार समितिले उदृत गरेकाे हाे । पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता अधिकारीलाई काठमाडाैकाे धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा विगत तीन सातादेखि उपचार गरिँदै छ । हाल उनलाई कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. पन्तका अनुसार अधिकारीकाे रक्तचाप बढाउन औषधि प्रयोग गर्नुपरेको छ भने शरीरका महत्वपूर्ण अङ्गले काम गर्न छाडेकाे छ । बितेकाे २४ घन्टादेखि पिसाब बन्द भएको छ ।
पूर्वअर्थमन्त्री अधिकारीलाई बचाउन सक्ने सम्भावना कम देखिएको जनाउँदै डा पन्तले चिकित्सा विज्ञानअनुसारका सबै उपचारविधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नभएको बताए ।
अधिकारीकाे स्वास्थ्य स्थिति बुझ्न राषट्रपति विध्यादेवी भण्डारी समेत अस्पताल पुगेकी छिन् ।
चिकित्सक निरास भइसकेपछि पनि मानिसकाे स्वास्थ्य पूर्व अवस्थामा फर्किएका हजाराैं घटना छन् ।


प्रतिकृया दिनुहोस