लिफ्ट दिएर ट्रकभित्रै बलात्कार !
काठमाडौं । भैरहवाबाट तनहुँको दमौली आउँदै गरेको मालबाहक ट्रकमा लिफ्ट दिएर चालक र सहचालकले ३० वर्षीया महिलालाई बलात्कार गरेका छन् ।
गत बुधवार (११ असार) ना १ क ४३४९ नम्बरको ट्रक नवलपुरको डन्डामा रोकिन्छ । ट्रक चालकले प्रहरीसँग अपरिचित महिलाले रोक्ने इसारा गरेपछि रोकेको दाबी गरेका छन् ।
तर, पीडित महिलाले भने आफू सडकमा उभिरहेका बेला ट्रक रोकेर चालक र सहचालकले ‘सँगै जान आग्रह’ गरेको दाबी गरेकी छिन् । ती महिला चितवन ओर्लिनुपर्ने थियो, तर चालकले उनलाई तनहुँ पुर्याउँछन् ।
बिहीबार बिहान करिब २ बजे तनहुँको ब्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वी राजमार्ग किनारामा रोकेर चालक र सहचालक दुवैले ती महिलालाई जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लीलाराज लामिछानेले जानकारी दिए ।
प्रहरीले जबर्जस्ती करणी गर्ने चालक मोरङ उर्लाबारी घर भएका चालक विमल ढकाल र सहचालक गोपाल भण्डारीलाई पक्रेको छ ।
डिआईजीको फोनपछि पक्राउ
बलात्कृत युवती बिहीबार बिहान दमौलीमा चिया पिउँछिन् । दमौलीको एक मेडिकलमा गएर रगत बग्न रोक्ने औषधि किनेर पोखरा पुग्छिन् ।
युवतीका आफन्तमार्फत् गण्डकी प्रदेश कार्यालयका प्रहरी प्रमुख विनोद शर्मा घिमिरेले घटनाको जानकारी पाउँछन् ।
डिआईजी शर्माले तनहुँ प्रहरी प्रमुखलाई फोन गरेर बलात्कारमा संलग्नहरूलाई पक्राउ गर्न आदेश दिएपछि विमल र गोपाल पक्राउ पर्छन् ।
विमल र गोपाललाई जबरजस्ती करणी मुद्दामा म्याद लिएर घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी लीलाराज लामिछानेले बताए ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस