वर्कसपमा बोलाएर बालिकालाई दुर्व्यवहार
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित नरेफाँटमा मोटरसाइकल वर्कसपमा काम गर्ने सफरे आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको सिपरा बजार स्थायी घर भएका आलमले मंगलबार साँझ सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।
वर्कसप नजिकै बस्ने बालिकाले सफारे आलमलाई ‘अंकल’ भन्ने गर्थिन् । वर्कसपमा कोही नभएको मौका पारेर उनले बालिकालाई बोलाएर यौन दुर्व्यवहार गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस