दार्चुला दुर्घटनामा ११ काे निधन
दार्चुला । दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । राति १० बजेर ४० मिनेट जाँदा राससकाे अंग्रेजी समाचार सेवाबाट याे जानकारी प्राप्त भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका छन् । मृतकहरुको सनाखत हुन सकेको छैन । सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म १ ज २८० नम्बरकाे जीप महाकाली नदीमा खसेको हो ।
सख्त घाइते जीप चालक दीपकसिंह धामीलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिएका छन् । जीप करिब पाँच सय मिटर तल महाकाली नदीमा खसेको थियो ।
घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ ।


प्रतिकृया दिनुहोस