• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

हेलिकाेप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित सातकाे निधन

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौँ । बुधबार दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेष्टी  हेलिकप्टरमा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएको छ । काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुम उडेकाे साे हेलिकाेप्टर ताप्लेजुङकाे पाथीभराबाट फर्कँदा दुर्घटना भएकाे थियाे । 

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, पर्यटन व्यवसायी वीरेन्द्रप्रसाद श्रेष्ठ, उपसचिव युवराज दाहाल, अर्जुनकुमार घिमिरे र नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभयाकाे निधन भएकाे छ ।

६ जना यात्री र पाइलट एकजना गरी सातजनाकाे निधन भएकाे हाे । 

विगतमा वन मन्त्री गाेपाल राईकाे पनि ताप्लेजुङमै हेलिकाेप्टर दुर्घटनामा निधन भएकाे थियाे । 

मन्त्री अधिकारी चढेकाे साे हेलिकाेप्टर पाथीभराबाट उडेकाे केही बेरमै सिस्ने भीरमा दुर्घटनाग्रस्त बनेकाे थियाे । 

प्रतिकृया दिनुहोस