• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

प्रधानमन्त्रीले मन्त्रिमण्डलका सबै सदस्यलाई बोलाए, प्रचण्ड पनि वालुवाटारमा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डलका सम्पूर्ण सदस्यहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् । उनले सबैभन्दा पहिले गृहमन्त्री रामबहादुर थापा वादललाई बोलाएका थिए । मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेपछि प्रधानमन्त्रीले आकस्मिक रुपमा सबैलाई बोलाएका हुन् । 

स्रोत अनुसार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रधानमन्त्री निवास बालुवाटारमै छन् । त्यसैगरी नेकपाका महासचिव विष्णु पौडेल पनि वालुवाटार पुगिसकेका छन् । प्रधानमन्त्री ओलीले हेलिकोप्टर दुर्घटनाका बारेमा निरन्तर खबर लिइरहेको थाहा भएको छ । 

मन्त्री अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ ।
 

प्रतिकृया दिनुहोस