• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

भारत र पाकिस्तानबीच युद्धको अवस्था : भारतले गर्यो आक्रमण

सनराइज खबर डेस्क

सनराइज खबर डेस्क

काठमाडौं । भारतले पाकिस्तान अधिनस्थ कश्मिरमा आज बिहानबाट हवाइ आक्रमण गरेको छ । भारतीय वायुसेनाका लडाकू विमानहरुले एक हजार किलो विष्फोटक पाकिस्तानमा खसाएको भारतीय संचार माध्यमकहरुले जनाएका छन् । 

‘१२ वटा विमानले २१ मिनेटमा हमला सम्पन्न भएको छ’– भारतीय सेनालाई उदृत गर्दै भारतीय संचार माध्यमहरुले जनाएका छन् । भारतले आक्रमण गरेको पाकिस्तानले पुष्टि गरेको छ । 

‘भारतीय सेनाले पाकिस्तानमा हमला गरेको होइन, पाकिस्तान अधिनस्थ भारतीय भूभागमा आर्तकवादी शिविरहरुमा हमला गरेको हो’– भारतीय सरकारी अधिकारीहरुलाई उदृत गर्दै भारतीय संचार माध्यमहरुले समाचार दिएका छन् ।

लस्कर, हिज्बुल लगायतका आतंकवादी समूहहरुको शिविर वमवर्षाले ध्वस्त भएको भारतीय दावी छ । तर, पाकिस्तानले भने खालि जमिनमा वमवर्षा भएको दावी गरेको छ ।

दुई साता पहिले भारतको कश्मिर राज्यमा आतंकवादी हमला हुँदा ४० जना भन्दा धेरै भारतीय सैनिक मारिएका थिए । सो हमला पाकिस्तानको समर्थनमा गरिएको भारतीय दावी रहँदै आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादी हमलाको वदला लिइने घोषणा गरेका थिए । सो घोषणा मुताबिक वदला लिन आज बिहान हवाई हमला गरिएको बताइएको छ ।

(विभिन्न अन्तराष्ट्रिय संचार माध्यमकहरुकाे सहयाेगमा)

प्रतिकृया दिनुहोस