कांग्रेसका विद्यार्थीहरुको आपसी भिडन्त
काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा सो पार्टीको भ्रातृ संगठन नेवि संघका विद्यार्थीहरु बीच आपसी भिडन्त भएको छ । भिडन्तमा १२ जना घाइते भएका छन् ।
कांग्रेस केन्द्रिय समितिमा पार्टी विधान सम्वन्धमा छलफल चलिरहेछ । विद्यार्थीहरुको एउटा खेमा नेवि संघमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा छ भने अर्को खेमा विपक्षमा छ । यसबाहेक संस्थापन पक्ष र विपक्षमा पनि विद्यार्थीहरु विभाजित छन् । दुवै पक्षले पार्टी केन्द्रिय कार्यालयमा प्रदर्शन गर्दा आपसी भिडन्त भएको बुझिएको छ ।
भिडन्तमा परेर आफ्ना पत्रकार केशव साउद घाइते भएको बाह्रखरी डटकमले जनाएको छ भने हाम्रा कुरा डटकमले नागरिककी सुनिता डंगोल पनि घाइते भएको उल्लेख गरेको छ ।
नेवि संघका अध्यक्ष नैनसिंह महरले दुई साता अघि राजीनामा दिएका थिए । महाधिवेशन गराउन नयाँ समिति गठन गरिने भएको छ । विद्यार्थीहरुको एउटा पक्षले ३२ वर्ष भन्दा थोरै उमेरकाहरुलाई राखेर केन्द्रिय समिति बनाउनुपर्ने माग गरिरहेको छ ।


प्रतिकृया दिनुहोस