विपद् व्यवस्थापनबारे छलफल गर्न रविले बोलाए सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा भोलि शीर्ष राजनीतिक नेतृत्वबीच सर्वदलीय बैठक बस्ने भएको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
बैठक २०८३ भदौ ३१ गते बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेछ।
बैठकमा मुलुकमा देखिएका विपद्का जोखिम, त्यसको न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनका लागि राजनीतिक तहबाट गर्न सकिने पहल र समन्वयका विषयमा छलफल हुने बताइएको छ।
रास्वपाले विपद्का बेला राज्यका संयन्त्रसँगै राजनीतिक दलहरूबीच समेत प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव अघि सारेको हो।


प्रतिकृया दिनुहोस