जन्मदिनमा ओलीको काम : वालुवाटार निवासलाई फलफूलमय बनाउने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा प्रधानमन्त्री निवास वालुवाटारलाई फलफूलमय बनाउने काम थालेका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा प्रधानमन्त्री निवासमा फलफूलका बिरुवा रोपेका हुन् ।

जन्मदिनको अवसरमा उनले विभिन्न जातका फलफूलका बिरुवा प्रधानमन्त्री निवासमा रापेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले ६८ वटा विरुवा रोपेका छन् ।
आँप, लिच्ची, एभोकाडो, स्याउ, रुद्राक्ष, ज्यामिर, सुन्तला, मुन्तला र कामिनी फूलको विरुवा प्रधानमन्त्री ओलीले रोपका छन् । यी विरुवा अहिले गमलामा रोपिएका छन् । केही ठूलो भएपछि यी विरुवाहरुलाई बगैंचामा सारिने छ ।

‘काठमाडौंमा फल्न सक्ने प्रजातिका विरुवा ल्याइएको हो’ सचिवालयका एक सदस्यले सनराइज खबरलाई बताए– ‘विशेष गरी आँप, लिच्ची फलिदियोस् भन्ने प्रधानमन्त्रीले चाहनुभएको छ ।’
प्रधानमन्त्री ओलीले आज अपरान्ह तीन देखि पाँच बजेसम्म कार्यकर्ता तथा शुभचिन्तकहरुसँग भेट्ने भएका छन् । जन्मदिनको शुभकामना दिन आउनेहरुलाई उनले प्रधानमन्त्री निवास वालुवाटारको ढोका खुल्ला गरेका हुन् ।


प्रतिकृया दिनुहोस