भैरहवामा नापी र मालपाेतका कर्मचारी १७ लाख रुपैयाँ घूस सहित रंगेहात समातिए
काठमाडाैं । नापी र मालपाेत कार्यालयका कर्मचारीहरुकाे एउटा टाेली अाज १७ लाख रुपैयाँ घूस सहित रंगेहात पक्राउ परेकाे छ ।
पक्राउ पर्नेमा नापी कार्यालय भैरहवाका अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षकद्धय तिर्थराम भण्डारी र थानेश्वर चौधरी छन् । त्यसैगरी मालपोत कार्यालयका नायब सुब्बा धर्मराज पन्थी पनि घूस लेनदेन गरिरहेकाे बेला रंगेहात पक्राउ परेका हुन् । उनीहरुलाई अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगकाे टाेलीले रंगेहात पक्रेकाे हाे ।
घूस लेनदेन टाेलीमा लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राजकुमार आर्याल पनि थिए । उनीहरुलाई पक्राउ गरिएकाे छ । अख्तियार स्राेत अनुसार उनीहरुले घूस लेनदेन गर्दैछन् भन्ने सूचना पहिले नै अाएकाे थियाे । त्यसपछि उनीहरुलाई रंगेहात पक्राउ गर्न अख्तियारकाे टाेली सफल भएकाे हाे ।
स्थानीय एक जग्गाकाे काममा नापी र मालपाेतका कर्मचारीले मिलेमताेमा घूस लेनदेन गरेका थिए ।
अख्तियारले दाेलखाकी वन अधिकृत सन्तमाया श्रेष्ठलाई काठ व्यापारीहरुसँग घूस लिइरहेकाे बेला नाटकीय ढंगले पक्रेकाे थियाे । अख्तियार स्राेतका अनुसार सन्तमायाले पक्राउ परिन्छ भन्ने सपनामा पनि चिताएकी थिइनन् । उनी घूस लिएर परिवारसाथ माेटरमा अाउँदै थिइन् । त्यसबेलै भक्तपुरकाे गठ्ठाघर चाेकमा अख्तियारकाे टाेलीले उनलाई पक्रेकाे थियाे । उनकाे साथबाट दुई लाख तीन हजार रुपैयाँ बरामद भयाे । साे रकमकाे स्राेत उनले देखाउन सकिनन् ।


प्रतिकृया दिनुहोस