नवलपरासीमा बलेरोको ठक्करबाट एक जनाको निधन
नवलपरासी । बुधबार बिहानै नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैँडाकोटमा बलेरोको ठक्करबाट पैदलयात्रीको निधन भएको छ ।
निधन हुनेमा गोरखा पालुङटार नगरपालिका–१० का ३५ वर्षीय ज्ञानबहादुर कुँवर छन् ।
चितवनबाट तरकारी बोकेर बुटवल जाँदै गरेको ना ३ च २२६१ नम्बरको बलेरोले गैँडाकोट नगरपालिका–५ को जनक मावि नजिकै ठक्कर दिँदा कुँवर गम्भीर घाइते भएका थिए ।
उनकाे उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा निधन भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए ।
ठक्कर दिने बलेरो र त्यसका चालक धादिङको बेनीघाट गाउँपालिकाका चन्द्रबहादुर चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- रासस


प्रतिकृया दिनुहोस