• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नवलपरासीमा बलेरोको ठक्करबाट एक जनाको निधन

समाचार

नवलपरासी । बुधबार बिहानै नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैँडाकोटमा बलेरोको ठक्करबाट पैदलयात्रीको निधन भएको छ । 

निधन हुनेमा गोरखा पालुङटार नगरपालिका–१० का ३५ वर्षीय ज्ञानबहादुर कुँवर छन‍् । 

चितवनबाट तरकारी बोकेर बुटवल जाँदै गरेको ना ३ च २२६१ नम्बरको बलेरोले गैँडाकोट नगरपालिका–५ को जनक मावि नजिकै ठक्कर दिँदा कुँवर गम्भीर घाइते भएका थिए ।

उनकाे उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा निधन भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए । 

ठक्कर दिने बलेरो र त्यसका चालक धादिङको बेनीघाट गाउँपालिकाका चन्द्रबहादुर चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
- रासस

प्रतिकृया दिनुहोस