• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

न्यायाधीशलाई धम्की दिने राजकुमार तिम्सिना पक्राउ

सनराइज खबर संवाददाता

काठमाडौँ। आफूलाई ‘डार्क फाइल नेपाल’ अभियानका अभियन्ता बताउने राजकुमार तिम्सिना पक्राउ परेका छन्।

न्यायाधीशहरूलाई सामाजिक सञ्जालमार्फत धम्की दिएको आरोपमा तिम्सिनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कार्यालयको टोलीले ललितपुरको गोदावरी निवासी तिम्सिनालाई पोखराबाट बुधबार पक्राउ गरेको हाे । 

“सामाजिक सञ्जालमार्फत न्यायाधीशहरूलाई धम्की दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो,” 

सिधाकुरा जनताले पोस्ट गरेको ‘डार्क फाइल’ नामक नक्कली अडियो प्रकरणमा तिम्सिना मुछिएका थिए। उक्त घटनामा उनलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो। प्रहरीले उनलाई ५ साउनमा पक्राउ गरी केन्द्रीय कारागार सुन्धारामा चलान गरेको थियो।

जेन–जी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए। फरार भएपछि पछिल्लो समय उनले न्यायाधीशहरूलाई धम्की दिँदै आएका  थिए । 

प्रतिकृया दिनुहोस