• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

 बैतडीमा बिहानै जिप दुर्घटना : चालकको निधन, ६ जना घाइते

समाचार

बैतडी । अ‌ाज बिहान धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’ को जिप दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै निधन भएको छ । अन्य ६ जना घाइते भएका छन्।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयका अनुसार पाटन नगरपालिका–६ पनतोलीमा सो जिप आज बिहान सडकबाट २५० मिटर तल खसेर दुर्घटना परेको थियो । 

निधन हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय  धनसिंह बडाल छन् । घाइते हुनेमा दार्चुला दुहु–४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१  वर्षीय  प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी,  २० वर्षीय  हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । घाइतेको जिल्लामा उपचार हुन नसक्दा अन्यत्र सिफारिशको तयारी भएकोे जनाइएको छ ।   
– रासस
 

प्रतिकृया दिनुहोस