भक्तपुरमा अनाैठाे दुर्घटना : एकसाथ १० सवारीसाधन ठोक्किएर १५ घाइते
काठमाडाैं । भक्तपुरकाे सूर्यविनायक नगरपालिका–५ चुनदेवी सडकमा आज अनाैठाे दुर्घटना भएकाे छ ।
सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१–००३ प ४६४७ भ्यानका कारण एकै पटक १० वटा सवारीसाधन अापसमा ठाेक्किएकाे छ । त्यसरी १० सवारी साधन ठाेक्किँदा १५ जना घाइते भएका छन् ।
साे भ्यान काठमाडाैं वर्ल्ड स्कुलकाे भएकाे बताइएकाे छ ।
भ्यानले सडकमा अचानक ब्रेक लगाउँदा पछाडि आइरहेका बा. १६ च. ४३६१ नम्बरकाे टाटा मोबाइल गाडीले ठक्कर दिई दुर्घटना हुँदा सो टाटा पछाडि आउँदै गरेको बा.४१ प. ४४०९ नम्बरकाे मोटरसाइकल, बा.३ ख. ३३४९ नम्बरकाे बस, प्रदेश ३ बा.२८३६ नम्बरकाे कार, बा.७० प. ४४४५ नम्बरकाे मोटरसाइकल, प्रदेश नं ३–०२–००७ प. ९६६४ नम्बरकाे स्कुटर, प्रदेश नं ३–०१–००३ क. ४६४४ नम्बरकाे भ्यान, प्रदेश नं ३–०१–००३ क ४६४१ नम्बरकाे भ्यान, प्रदेश नं ३–०२–०१० प ३७६३ नम्बरकाे मोटरसाइकलसमेत गरी १० वटा सवारीसाधन ठोक्किएका थिए ।
साे दुर्घटनामा १५ जना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् । घाइतेहरुको भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा अस्पतालमा उपचार भइरहेको र उनीहरु खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।


प्रतिकृया दिनुहोस