• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

ठाउँको ठाउँ पक्रन थाल्यो सरकारले कालाबजारीयालाई

राजेश भण्डारी

काठमाडौं । प्रिया ट्रेडर्सले ५६ कार्टुन ह्याण्ड स्यानेटाइजर लुकाएर राखेको थियो । एक बोतलको खुद्रा मूल्य हो एकसय दस रुपैयाँ । तर, प्रिया ट्रेडर्सका अनिल गुप्ताले बेच्थे तीन सय रुपैयाँमा । 

काठमाडौंको न्यूरोड छेउ टेंगालको प्रिया टे«डर्स पसलका अनिल गुप्तालाई कालोबजारी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी सुनिलजंग साहले अनिल पक्राउ परेको पुष्टि गर्दै भने– ‘हामी अब कालोबजारी गर्नेलाई खोजीखोजी पक्रन्छौं ।’

अनिलले लुकाएर महंगोमा बेचेको स्यानेटाइजर एक बोतलमा ६० मिलिलिटर छ । 

डिएसपी सुनिलका अनुसार पक्राउ परेका गुप्ता विरुद्ध अब कानुनी कारवाही अगाडि बढाइने छ ।

प्रतिकृया दिनुहोस