धनकुटामा बस दुर्घटना, २७ जना घाइते
काठमाडौं । भेडेटारबाट नजिकै रहेको धनकुटाको कार्कीछापमा बस दुर्घटना भएको छ ।
विरानगरबाट तेह्रथुम जाँदै गरेको को१ख २८२४ नम्बरको बस दुर्घटना हुँदा २७ जना यात्रु घाइते भएका धनकुटाका प्रहरी उपरीक्षक सुदर्शन कोइरालाले जानकारी दिए ।
घाइतेहरुलाई उपचारका लागि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन् । प्रहरीले घटनाकाे अनुसन्धान थालेकाे छ ।


प्रतिकृया दिनुहोस