• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

धनकुटामा बस दुर्घटना, २७ जना घाइते

सनराइज खबर संवाददाता

काठमाडौं । भेडेटारबाट नजिकै रहेको धनकुटाको कार्कीछापमा बस दुर्घटना भएको छ । 

विरानगरबाट तेह्रथुम जाँदै गरेको को१ख २८२४ नम्बरको बस दुर्घटना हुँदा २७ जना यात्रु घाइते भएका धनकुटाका प्रहरी उपरीक्षक सुदर्शन कोइरालाले जानकारी दिए । 

घाइतेहरुलाई उपचारका लागि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । 

दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन‍् । प्रहरीले घटनाकाे अनुसन्धान थालेकाे छ । 
 

प्रतिकृया दिनुहोस