• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बाल यौन दुराचार : अष्ट्रेलियाका रिम्पाेछे काठमाडाैंमा गिरफ्तार

सनराइज खबर संवाददाता

काठमाडौं । अष्ट्रेलियाका गोन्दुक रिम्पोछे बाैद्ध धर्म गुरुका रुपमा नेपालमा रहँदै अ‌ाएका थिए । ५८ वर्षीय गाेन्दुकलाई बाल यौन दुराचार गरेको अभियोगमा प्रहरीले पक्रेकाे छ ।

गोकर्णेश्वर नगरपालिका स्थित आरुबारीमा रहेको कदम्बा बुद्धिष्ट प्रतिष्ठानका धर्मगुरुका रुपमा उनी रहँदै अ‌ाएका थिए । उनले समलिंगी बाल याैन दुराचार गरेकाे अ‌ाराेप लागेकाे छ ।

महानगरीय प्रहरी वृत बौद्धबाट खटेको टोलीले ५८ वर्षीय धर्मगुरु गोन्दुक रिम्पोछेलाई पक्राउ गरेको डिएसपी रमेश सिंहले सनराइज खबरलाई जानकारी दिए । 

कदम्बा बुद्धिष्ट प्रतिष्ठानका अनुयायी रहेका १५ वर्षीय किशोरलाई रिम्पोछेले अप्राकृतिक सहवास गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

१८ फागुनमा रिम्पाेछेले आफूलाई दुराचार गरेको किशोरले जाहेरी दिएका छन् ।  गोन्दुक अष्ट्रेलियाको मेलबर्नका स्थायी बासिन्दा हुन् । 

प्रतिकृया दिनुहोस