• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

गोरखामा जीप दुर्घटना: वडासचिवको निधन, सात घाइते

सनराइज खबर

गोरखा । जीप दुर्घटनामा परी गाेरखाकाे धार्चे गाउँपालिका–६ का वडासचिवकाे निधन भएकाे छ ।

ग१ज ५५०५ नम्बरको जीप गोरखाको आरुघाट गाउँपालिका–१  र्धोचेमा दुर्घटना हुँदा वडासचिव  किरण रिमालको घटनास्थलमा नै निधन भएको हाे ।

बुधबार साँझ भएकाे साे दुर्घटनामा सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएको छ ।

घाइते हुनेमा धार्चे गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ,छन‍् । दुर्घटनामा फेज नेपालका कर्मचारी सरोज गुरुङ र जीपका चालक करौजाका बालचन्द्र गुरुङ गम्भीर घाइते भएकोे प्रहरीले जनाएको छ । 

अहिले घाइते सबैको दोङचेतस्थित क्लिनिकमा उपचार भइरहेको छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल अति नै विकट भएकाले हेलिकप्टरबाट उद्धारका लागि पत्राचार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । 

जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियाे । 

रातिकाे समयमा पानी परेकाे र कच्ची बाटाे भएकाले जीप घुम्तीमा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीकाे अनुमान छ ।

 

प्रतिकृया दिनुहोस