मकवानपुरमा जन्ती बस दुर्घटना, तीन जनाको निधन
काठमाडौं । मकवानपुरगढी गाउँपालिकाकाे शिखरकटेरीमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।
मकवानपुर गढीबाट सातकन्यातर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस दुर्घटना हुँदा तीजनाको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
निधन हुने तीनजना पुरुषको सनाखत हुन सकेको छैन् ।
दुर्घटनामा घाइते २८ जनालाई हेटौंडा अस्पतालमा पठाइएको छ । हेटौंडा अस्पताल पठाएको बाहेक अन्य १२ जना पनि घाइते रहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस