• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

मकवानपुरमा जन्ती बस दुर्घटना, तीन जनाको निधन 

सनराइज खबर संवाददाता

काठमाडौं । मकवानपुरगढी गाउँपालिकाकाे शिखरकटेरीमा जन्ती बोकेको बस दुर्घटना भएको छ । 

मकवानपुर गढीबाट सातकन्यातर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस दुर्घटना हुँदा तीजनाको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

निधन हुने तीनजना पुरुषको सनाखत हुन सकेको छैन् । 

दुर्घटनामा घाइते २८ जनालाई हेटौंडा अस्पतालमा पठाइएको छ । हेटौंडा अस्पताल पठाएको बाहेक अन्य १२ जना पनि घाइते रहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस