बलात्कार अभियोगमा पूर्वडिएसपी राजकुमार खिउजू पक्राउ
काठमाडौं । बलात्कारका अभियोग लागेका पूर्व डिएसपी राजकुमार खिउजू पक्राउ परेका छन् ।
उनलाई भक्तपुरबाट पक्राउ गरिएकाे महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले सनराइज खबरलाई जानकारी दिए ।
महानगरीय प्रहरी वृत्त चापागाउँको इन्चार्जका रुपमा कार्यरत रहँदा पुलिस रिपोर्ट बनाउन आएकी एक युवतीलाई बलात्कार गरेको अभियोग उनलाई लागेको थियो ।
ललितपुर प्रहरीमा बलात्कार मुद्दा दर्ता भएपछि उनले आफ्नो पदबाट राजीनामा दिएका थिए । गृहमन्त्रालयबाट उनको राजीनामा यस अघि नै स्वीकृत भइसकेको छ ।


प्रतिकृया दिनुहोस