• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बलात्कार अभियोगमा पूर्वडिएसपी राजकुमार खिउजू पक्राउ 

सनराइज खबर संवाददाता

काठमाडौं ।  बलात्कारका अभियोग लागेका पूर्व डिएसपी राजकुमार खिउजू पक्राउ परेका छन् । 

उनलाई भक्तपुरबाट पक्राउ गरिएकाे महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले सनराइज खबरलाई जानकारी दिए । 

महानगरीय प्रहरी वृत्त चापागाउँको इन्चार्जका रुपमा कार्यरत रहँदा  पुलिस रिपोर्ट बनाउन आएकी एक युवतीलाई  बलात्कार गरेको अभियोग उनलाई लागेको थियो । 

ललितपुर प्रहरीमा  बलात्कार  मुद्दा दर्ता भएपछि उनले आफ्नो पदबाट राजीनामा दिएका थिए । गृहमन्त्रालयबाट उनको  राजीनामा  यस अघि नै स्वीकृत भइसकेको छ । 

प्रतिकृया दिनुहोस