सुर्खेतमा जिप दुर्घटना हुँदा तीन जनाको निधन
काठमाडौं । सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–१५ गल्छेनामा जिप दुर्घटना हुँदा तीनजनाको निधन भएको छ ।
दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको र चारजना घाईते भएको सुर्खेतका एसपी रवि रावलले सनराइज खबरलाई जानकारी दिएका छन् ।
दुर्घटनामा परेर ज्यान गुमाउनेहरुमा बाँकेको बैजनाथ गाउँपालिका–३ का ४२ बर्षिय खड्गबहादुर बिसी, उनकी ३९ बर्षिया श्रीमती गोमा बिसी र सुर्खेतका देवबहादुर खड्का छन् ।
गल्छेनामा अनियन्त्रित भएर जिप सड्कबाट चार सय मिटर तल खसेको एसपी रावलले बताए ।


प्रतिकृया दिनुहोस