• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

उल्लास होइन, दुर्घटनाको कारण बन्ने गरेको छ मदिराः एसएसपी कार्की

सनराइज खबर संवाददाता


काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख ,प्रहरी अतिरिक्त महानिरिक्षक दानबहादुर कार्कीले मनोरञ्जनको पर्यायवाची मादक पदार्थ भन्ने किसिमको गलत बुझाइ नेपाली समाजमा रहेको बताउनुभएको छ  ।


आइतबार चाडपर्व लक्षित ट्राफिक वाक समापन कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय नेपाली समाजमा चाडपर्वको नाममा भयंकर मदिरा सेवन गर्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाउनुभयो । 
उहाँले भन्नुभयो —,‘कतिपयले चाडवाडलाई उल्लासमय बनाउने भनेर आफ्नो जिउ,ज्यानको क्षति हुनेगरी मदिरा सेवन गरेर हिँडेको पनि पाईन्छ । नेपाली समाजमा मादक पदार्थको सेवन गर्ने चलन भएतापनि पनि पछिल्लो समयमा छन् भयंकर सेवन गर्ने,मनोरञ्जनको पयार्यवाची मादक पदार्थ भन्ने किसिमको गलत बुझाईको कारणले कयौँ होनाहार व्यक्तिले पनि जीवन गुमाएको अवस्था छ ।’
त्यस्तै उहाँले चाडपर्वको बेला पालना गर्नुपर्ने सबै किसिमका टाफिक नियमहरु पालना गर्न आग्रह गर्नुभयो  । 


दशैैँ लगायतका चाडपर्व शान्त रुपले पनि मनाउन सकिँदो रहेछ भन्ने सन्देश दिनेगरी संयमता अपनाउन सबैमा उहाँले बताउनुभयो । 


 

प्रतिकृया दिनुहोस