• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

६ किलो गाँजासहित तीनजना पक्राउ 

सनराइज खबर संवाददाता

काठमाडौं । पेटमा लुकाएर ल्याएको ६ किलो गाँजासहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको विहारस्थित छपरा ग्राम महुलीका दिनेश सहनी, मिथलेश सहनी र अजय सहनी  छन् । शुक्रबार नारायणघाट हुँदै भारततिर गाँजा तस्करी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

उनीहरुले आफ्नो पेटको भागमा प्लाष्टिकको पोका बनाएर डोरीले बाँधी गाँजा लुकाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस