सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव आफै पुगे प्रहरीकोमा
काठमाडौं । ११ करोड रुपैयाँ ठगी आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौं महानगरीय प्रहरी परिसर पुगेका छन् ।
श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ नदिएको भन्दै ठगी आरोपको उजुरी परेपछि श्रीवास्तव आफैं प्रहरी परिसर पुगेका हुन् ।
सेयर कारोबारी दीपेन्द्र अग्रवालले सेयर खरिद–बिक्री गर्ने विभिन्न १५ नाममध्येका २ जना आफूहरूले पाउनुपर्ने रकम फिर्ता नदिएको भन्दै उजुरी दिएको काठमाडौ प्रहरी परिसरले जनाएको छ ।
सोही उजुरीको आधारमा उहाँ प्रहरी कार्यालयमा पुगेका हुन् ।


प्रतिकृया दिनुहोस