विश्वका ठूला अपराधी गिराेहसँग जाेडिएका देवेन्द्रकाे सबै सम्पत्ति शुद्धिकरणले राेक्का गर्याे
काठमाडौं सीतापाइलाका देवेन्द्र छपाली मगर लागुऔषध बेचबिखन गरेको आरोपमा समातिए। अनुसन्धान गर्दा थाहा लाग्यो–उनी त एक अर्ब रुपैयाँभन्दा बढी सम्पत्तिका मालिक रहेछन्, सबै सम्पत्ति लागुऔषध बेचबिखन गरेरै जोडेका रहेछन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार मगरसँग चल र अचल गरी एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति छ। उनी भारत हुँदै क्यानडासम्म चरेस पठाउने गर्थे।
लागुऔषध कारोबारबाट देवेन्द्रले अवैध सम्पत्ति आर्जन गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निष्कर्ष छ। उनीसँग चल-अचल गरी एक अर्बको सम्पत्ति भेटिएको विभागले जनाएको छ। उनको सबै सम्पत्ति रोक्कासमेत गरिएको छ ।
अनुसन्धान टुंग्याएको विभागले मुद्दा दायरको तयारी गरेको छ। अनुसन्धान फाइल विशेष सरकारी वकील कार्यालयमा पठाएको छ। देवेन्द्र तीन पटक जेल बसेर छुटेका व्यक्ति हुन् ।
हजारौंको जीवन बर्बाद बनाउने अवैध धन्दाबाट जोडेको सो सम्पत्ति अब रोक्का गरिएको छ। विभागले अनुसन्धान टुङ्ग्याएर सो सम्बन्धी फाइल सरकारी वकिल कार्यालयमा पठाएको छ। नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारअनुसार तीनपटक जेल बसेर छुटेको देवेन्द्रलाई लागुऔषध नियन्त्रण ब्युरोले एक सय ३६ किलो चरेससहित २०६९ वैशाख २३ गते पक्राउ गरेको थियो। त्यतिबेला उनीसँगै अन्य तीन जना पनि समातिएका थिए। लागुऔषध कारोबारकै क्रममा २०३९ मा पहिलोपटक समातिएका देवेन्द्र खैरो हेरोइनसहित २०४२ सालमा दोस्रो पटक पक्राउ परेका थिए। उनी २०३४ सालदेखि नै लागुऔषध कारोबारको अन्तराष्ट्रिय गिरोहमा संलग्न भएको अनुसन्धानमा खुलेको छ। देवेन्द्रले सिरक व्यापारको आवरणमा चरेसको कारोबार शुरू गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो। याे समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेकाे छ ।
छिल्लोपटक २३ बैशाख ०६९ म उनलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको थियो । त्यसवेला उनीसहित तीनजना एक सय ३६ किलो चरेससहित पक्राउ परेका थिए। देवेन्द्रले सीतापाइलास्थित आफ्नै घरमा चरेसको गोदाम राखेको प्रहरी अनुसन्धानमा भेटिएको थियो । उनका हड़कड र जापानका बैंकमा खाता रहेको त्यतिबेलै प्रहरी अनुसन्धानमा खुलेको थियो । लागुऔषध कारोबारको पैसा तिनै खातामा जम्मा गर्न लगाउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।


प्रतिकृया दिनुहोस