• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

कर्णाली नदीमा जीप खस्याे, चालकको ज्यान गयाे

सनराइज खबर

दैलेख । मंगलबार कर्णाली नदीमा जीप खस्दा एक जनाको निधन भएको छ ।

लु१ज ४१४१ नम्बरकाे जीप कालिकोटको नरहरिनाथ गाउँपालिकाका–१ स्थित कर्णाली नदीमा खस्दा १९ वर्षीय चक्रबहादुर खड्काकाे निधन भएकाे हाे ।

दैलेख गुराँसे गाउँपालिका–४ घर भएका खड्का जीप चालक हुन् ।

यात्रु झारेर व्याक गर्ने क्रममा जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । रासकोटबाट जितेगडा यात्रु लिएर आएको साे जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए । 

नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस