• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बीपी राजमार्ग अवरुद्ध, यात्रुकाे विचल्ली

रासस

सिन्धुली ।  गोलन्जोर गाउँपालिकाका स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एक स्थानीयको निधन भएपछि उनीहरुले राजमार्ग अवरुद्ध गरेका हुन् । गाडीको ठक्करबाट साेमबार बिहान स्थानीय ५० वर्षीय नन्दलाल श्रेष्ठको निधन भएको थियो ।

ठक्कर दिने गाडी पत्ता लगाएर आवश्यक कारबाहीको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् । ठक्कर दिने सवारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन् ।

अवरुद्ध राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको पनि उनले बताइन् । राजमार्ग अवरुद्ध भएपछि बीपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग हुदैँ काठमाडाैं र काठमाडौ‌ंदेखि अन्यत्र हिँडेका यात्रुहरु बिचल्लीमा परेका छन् ।
 

प्रतिकृया दिनुहोस