करेन्ट लागेर सिन्धुपाल्चाेकमा एक जनाकाे निधन
सिन्धुपाल्चाेक । करेन्ट लागेर सिन्धुपाल्चोकमा एक जनाकाे निधन भएको छ ।
करेन्ट लागेर भोटेकोशी गाउँपालिका–४ शिरिसेका २२ वर्षीय सार्की शेर्पाकाे घटनास्थलमै निधन भएकाे हाे । करेन्ट लागेर बाह्रबिसे नगरपालिका–१ घोर्थलीका पप्पु गुरुङ घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले इन्टरनेटको तार तान्न प्रयोग गरेको फलामे पोल ढलेर विद्युत्को मेन लाइनमा परेकाे थियाे । हिंडीरहेका बेला झुक्किएर पोल छुँदा उनीहरुलाई करेन्ट लागेकाे उनले जानकारी दिए ।
यसबारेमा अनुसन्धान थालिएकाे उनकाे भनाइ छ ।


प्रतिकृया दिनुहोस