भारतको तमिलनाडुमा बस दुर्घटना हुँदा ६ नेपालीको निधन
तमिलनाडु । भारतको तमिननाडुमा भएको बस दुर्घटनामा परेर ६ जना नेपालीको निधन भएको छ ।
गए राति तमिलनाडुको नारीपल्लम क्षेत्रमा भएको सो दुर्घटनामा परी १९ जनाको निधन भएको भारतीय सञ्चारमाध्यम ‘दी टाइम्स अफ इण्डिया’ ले जनाएको छ ।
तिर्थयात्री बोकेको सो बसमा ४८ जना सवार थिए । तिर्थयात्रीहरु कन्याकुमारीको दर्शन गरी राजस्थान भ्रमणमा निस्किएका थिए । टाइम्स अफ इण्डियका अनुसार सो बसमा ३२ जना नेपाली तीर्थयात्री सवार थिए ।
निधन हुनेहरुमा ४६ वर्षीय वीर बहादुर राई, ५० वर्षीय टिकाराम, ५६ वर्षीय गोपाल तामाङ, ५० वर्षीय बालकारी चौधरी र ५५ वर्षिय विष्णु थंगलको नाम खुलेको छ ।


प्रतिकृया दिनुहोस