• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भारतको तमिलनाडुमा बस दुर्घटना हुँदा ६ नेपालीको निधन 

विदेश डेस्क

तमिलनाडु । भारतको तमिननाडुमा भएको बस दुर्घटनामा परेर ६ जना नेपालीको निधन भएको छ । 

गए राति तमिलनाडुको नारीपल्लम क्षेत्रमा भएको सो दुर्घटनामा परी  १९ जनाको निधन भएको भारतीय सञ्चारमाध्यम ‘दी टाइम्स अफ इण्डिया’ ले जनाएको छ । 

तिर्थयात्री बोकेको सो बसमा ४८ जना सवार थिए । तिर्थयात्रीहरु कन्याकुमारीको दर्शन गरी राजस्थान भ्रमणमा निस्किएका थिए । टाइम्स अफ इण्डियका अनुसार सो बसमा ३२ जना नेपाली तीर्थयात्री सवार थिए । 

निधन हुनेहरुमा ४६ वर्षीय वीर बहादुर राई, ५० वर्षीय टिकाराम, ५६ वर्षीय गोपाल तामाङ, ५० वर्षीय बालकारी चौधरी  र ५५ वर्षिय विष्णु थंगलको नाम खुलेको छ । 
 

प्रतिकृया दिनुहोस