• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

बाजुरामा चार रेक्टरको भूकम्प

रासस

बाजुरा । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । 

बाजुराकोे पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ    बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।  

भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए । उनले  भूकम्पले क्षति भए नभएको खबर गर्न मातहतलाई  निर्देशन दिएकोे बताएका छन् । भूकम्पछि केही भागदौड भएको बताइएको छ ।
 

प्रतिकृया दिनुहोस