हत्या अभियाेगका फरार अभियुक्त पासलाल पक्राउ
काठमाडौं । गुण्डागर्दीमा संलग्न पासलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भइ जाेरपाटी बस्दै आएका उनलाई महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो ।
उनी ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त हुन् । सिन्धुपाल्चोक प्रहरीले पासलालाई फरार सूचीमा राखेकाे थियाे ।
पासलालले बलेफी हाईड्रोपावरका ठेकेदारलाई हतियार देखाइ धम्क्याएर पैसा मागेको सूचनाको आधारमा उनलाई पक्रिएकाे महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।
गुण्डागर्दीमा संलग्न पासलालले महिलाहरुलाई अभद्र व्यवहार समेत गर्ने गरेकाे खुलेकाे छ । पासलाल यसअघि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा १८ महिना जेल बसेर छुटेका थिए ।


प्रतिकृया दिनुहोस