• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

दानव नदीले बनायो तीन बालक बेपत्ता 

सनराइज खबर संवाददाता

काठमाडौं । रुपन्देहीमा दानव नदीमा डुबेर तीन बालक बेपत्ता भएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलास्थित दानव नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसो डुबेर उनीहरू बेपत्ता भएका प्रहरीले जनाएको छ । 

बेपत्ता हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–२ का १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र  १२ वर्षीय मन्नु हरिजन रहेका छन् । बेपत्ता बालकहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले खोजी गरिरहेका छन् । 

 

प्रतिकृया दिनुहोस