बारामा कार र टिफर ठोक्किँदा दुईको ज्यान गयाे
कठमाडौं । बाराको भुइँपुल नजिकै कार र टिफर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा ०१–०२५ च ५०७६ नम्बरको कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ज्यान गुमाउनेमा कार चालक एक जना र सर्लाही बरहथवा नगरपालिका–१५ हजरियाका नारायणहरि शर्मा रहेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित पथलैया–निजगढ सडक खण्डको १३ किलो भन्ने स्थानमा शुक्रबार दिउँसो सवारी दुर्घटना भएको बारा प्रहरीले जानकारी दिएको छ ।प्रहरीका अनुसार कारलाई ठक्कर दिने टिफरका चालक फरार रहेकालाई खोजी भइरहेको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


प्रतिकृया दिनुहोस